संसद्

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्नु मधेशी र थारुमाथिकाे ठूलाे विभेद : सांसद अरगरिया

इकागज |
असार ३, २०७९ शुक्रबार १३:५९ बजे

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद उमाशंकर अरगरियाले सरकारले लाल आयोगको प्रतिवदेन सार्वजनिक नगरेर मधेशी र थारु माथिको विभेद गरेको बताएका छन् । शुक्रबारको संसद् बैठकको शून्य समयमा बोल्दै उनले लाल आयोगको प्रतिवदेन सार्वजनिक नगरेर विभेद गरेको भनाइ राखेका हुन् ।

‘मधेश थाररुहट आन्दोलनको बेला सरकारले बनाएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नको लागि सदनमा पटक पटक हामी आवाज उठाइरहेको छौँ,’ उनले भने, ‘सभामुखले पटक–पटक रुलिङ गर्दा पनि सरकारले सार्वजनिक नगर्नु मधेशी र थारुमाथिको ठूलो विभेद हो ।’


उनले आफूलाई मधेशीको मसिया भन्ने पार्टीहरू पनि सरकारमा हुँदा समेत प्रतिवदेन नभएको भन्दै व्यंग्य समेत गरे । उनले सरकारसँग उक्त प्रतिवेदन सार्वजनिक माग राखे । 

‘मधेश र मधेशीसँग लभ भएको पार्टी यही छ,’ उनले भने, ‘आफूलाई मधेशको मसिया भन्ने पार्टी पनि यही सरकारमा छ । मधेशलाई बलियो संगठन भन्ने पार्टीको सरकारको नेतृत्वै छ । तर मधेशथारुहट आन्दोलनको बेला सरकारले बनाएको लाल आयोगको प्रतिवेदन सार्वजनिक भएको छैन । त्यसैले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछु ।’


Author

थप समाचार
x