विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत
काठमाडाैँ - प्रतिनिधि सभाको आजको बैठकले सामाजिक सुरक्षा तथा तेजाब र अन्य घातक रासायनिक पदार्थ नियमनसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ र ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाणले ती विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा पेश गरेका थिए । प्रतिनिधि सभाको अर्को बैठक यही असार ६ गते अपराह्न १ बजे बस्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया