संसद्

सांसद विमलाको व्यंग्य : मन्त्री आलेको अश्‍लील शब्द गठबन्धन जोगाउने 'अमृतवाणी'

इकागज |
असार ७, २०७९ मंगलबार १६:५९ बजे

काठमाडौँ- प्रतिनिधि सभा सदस्य विमला बिकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई अपशब्द प्रयोग गरेका कारण सरकारले कारबाही गरे नगरेको बारे प्रश्‍न गरेकी छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद बिकले यस्तो प्रश्‍न गरेकी हुन् । उनले  मन्त्री आलेको सो शब्द गठबन्धन जोगाउने अमृतवाणी नै भयो कि भन्‍ने व्यंग्य समेत गरेकी छन् ।


सोही क्रममा प्रतिनिधि सभा सदस्य भीमसेनदास प्रधानले राजधानी काठमाडौँलाई जलमग्न हुनबाट बचाउन राजधानी काठमाडौँका प्राकृतिक खहरे खोला, राज किलो, टुकुचा, धोबीखोलालाई नापनक्सा गरी पूर्ववत् अवस्थामा ल्याइनुपर्ने बताए । त्यसैगरी काठमाडौंका डाँडामा भइरहेका अतिक्रमण पनि रोक्नुपर्ने उनले जिकिर गरे ।

यस्तै अर्का सांसद भैरव बहादुर सिंहले जयपृथ्वी राजमार्ग अघिल्लो वर्षदेखि नै अवरूद्ध भएको भन्दै सो राजमार्ग सुचारू गर्न माग गरे । प्रतिनिधि सभा सदस्य महेन्द्र कुमारी लिम्बुले भने सरकारसँग इन्धनको मूल्य घटाउन र बजारको अनुगमन गर्न माग गरेका छन् ।
 


Author

थप समाचार
x