सांसद नविना लामाले मागिन् प्रधानमन्त्रीको राजीनामा
काठमाडौँ- नेकपा एमालेकी सांसद नविना लामाले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गरेकी छिन् । बिहीबार संसद् बैठककाे शून्य समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।
‘शर्माको यो काम राज्यविरूद्धको अपराध हो । अर्थमन्त्री शर्माले एक्लै गरेको भए त्यो समाचार बाहिर आएकै दिनै प्रधानमन्त्रीले अर्थमन्त्रीलाई पदमुक्त गरिसक्नु पर्थ्यो किन भएन ?,’ उनले भनिन्, ‘प्रधानमन्त्री आफैँ दोषी हुनुहुन्छ । प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ । छानबिनको लागि सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्दछु ।’
उनले करको दर हेरफेरमा प्रधानमन्त्रीको समेत संलग्नता रहेको आरोप लगाइन् । ‘अर्थमन्त्री मानिने जनार्दन शर्माले चौतर्फी दबाबपछि पदबाट राजीनामा दिनुभएको छ,’ उनले भनिन्, ‘यो विषय घामजस्तै छर्लङ्गै छ कि अर्थमन्त्री एक्लैले प्रधानमन्त्री शेरबहादुर देउवाको सल्लाह विना यसरी अनाधिकृत व्यक्तिलाई राज्यको गोप्य सूचना पहुँच मात्रै होइन राजश्वको दर नै अमुक व्यक्तिलाई फाइदा पुग्ने गरी हेरफेर गर्ने कार्य गरेको हैन ।’
उनले अर्थमन्त्रीको राजीनामाले प्रधानमन्त्रीलाई उन्मुक्ति दिनु नहुने समेत बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया