खानेपानी तथा सरसफाइ विधेयक पारित
फाइल तस्बिर
काठमाडौँ- प्रतिनिधि सभाले खानेपानी तथा सरसफाइ विधेयक २०७७ पारित गरेको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ लाई पारित गरियोस् भनि प्रस्ताव गरेका थिए ।
उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बैठकले सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन् ।
उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा सांसद खेमप्रसाद लोहनीले गणपूरक संख्या नरहेको भन्दै सभामुखको ध्यानाकर्षण गराए । तत्पश्चात तीन मिनेट घण्टी बजाएर गणना गर्दा गणपूरक संख्याका लागि ७९ जना सांसदको उपस्थिति रहनुपर्ने भए पनि ८३ जना सहभागी रहेपछि उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया