संसद्

नागरिकता विधेयकको 'भ्रूण हत्या' भयो : शेरबहादुर तामाङ

इकागज |
असार २४, २०७९ शुक्रबार १५:४८ बजे

काठमाडौँ- नेकपा एमालेका सांसद् शेरबहादुर तामाङले सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेर विधेयकको ‘भ्रूण हत्या’ गरेको बताएका छन् । संसद्को शुक्रबारको बैठकमा बोल्दै उनले सरकारलाई यस्तो आरोप लगाएका हुन् ।

‘भर्खरै अहिले फौजदारी घटना घट्यो कि जस्तो लाग्यो । मन्त्रीज्यूले नागरिकता विधेयक फिर्ता लिनुभयो,’ उनले भने, ‘त्यो नजन्मिँदै भ्रूण हत्या भयो । नागरिकता कानुनको हत्या भयो । गर्भपतन भएको छ भर्खर । त्यो नगरियोस् ।’


यो विधेयकलाई सरकारले अगाडि बढाउनु पर्ने उनकाे धारणा छ । ‘३ वर्ष समितिमा  छलफल गरेर आएर सबै दलहरू सहमति गरेर समिति स्तरको औपचारिक प्रतिवेदन तयार गरेर यहीँ टेबुलमा आइसकेको हो,’ उनले भने, ‘यसलाई किन फिर्ता नलियौँ ।

त्यसलाई पास गरेर जाऔँ ।’ नयाँ विधेयक ल्याएर फेरि सुरू गर्दा लामो समय लाग्‍ने हुँदा उनले यसलाई पास गरेर जानुपर्ने उल्लेख गरे ।  


Author

थप समाचार
x