सांसद महतकाे टिप्पणी : बा र छोरा भएर देशलाई श्रीलंका बनाएर देशै जलाउन लागे
काठमाडौँ- सांसद गजेन्द्र महतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले बाँधेर राख्नुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद महतले दुबै बा र छोरा भएर देशलाई श्रीलंका बनाएर देशै जलाउन लागेको टिप्पणी गरे । उनले बा बार्दलीमा बसेर र छोरो राज्यको ढुकुटीमा बसेर देश श्रीलंका बनाउन खोजेको आरोप लगाए ।
उनले भने,‘ मलाई शंका लागिरहेकै थियो । एक जना बार्दलीबाट यो देशलाई श्रीलंका बनाइ दिऔं भन्दै थिए । एक जना ढुकुटीमाथि बसेर म पनि यो देशलाई श्रीलंका बनाइ दिऔं भन्दै थिए । यी दुई जनामा नाता पर्छ की जस्तो लागेको थियो मलाई । नभन्दै यिनी बा र छोरा रहेछन् । यी बार्दलीका हनुमान जस्तै पनि लाग्थ्यो मलाई । नभन्दै यी हनुमान पनि रहेछन् । त्रेता युगमा यिनीहरुले श्रीलंका जलाएका थिए । अहिले पनि श्रीलंका जलि रहेको छ । नेपाल पनि जलाउँछन् । जस्तो लागिरहेको छ यिनीहरुले । यिनीहरुलाई बाँधेर राख्नुपर्यो सभामुख महोदय,सरकारलाई भन्नुपर्यो बाँधेर राख्नुस् । नत्र यिनीहरुले नेपाल जलाउँछन् ।’
साेही क्रममा सांसद गणेशकुमार पहाडीले गठबन्धन सरकार गठन भएको एक वर्षमा सबैभन्दा बढी विकृति र भ्रष्टाचार बढेको बताए । उनले वर्तमान सरकारले पेस गरेको राष्ट्रिय सभामा संवैधानिक परिषद् विधेयक मितको तिल्के घोडा खरिद गर्ने कार्यविधि जस्तो भएको जिकिर गरे ।
सांसद पहाडीले गठबन्धनको सरकारले देशमा सुशासन कमजोर र भ्रष्टाचार बढाउने काम मात्रै गरेको आरोप लगाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया