उपसभामुख निर्वाचन : गठबन्धनको तर्फबाट भुसालको उम्मेदवारी
काठमाडौँ - सत्तारूढ गठबन्धन दलहरूको तर्फबाट नेपाली कांग्रेस सचेतक पुष्पा भुसाल (गौतम) ले प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेदवारी दिएकी छन् । उनले बिहीबार सिंहदरबारस्थित संसद् सचिवालय पुगेर मनोनयन दर्ता गराएकी हुन्।
उनको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरी समर्थक रहेका छन् ।
मनोनयनपश्चात बिहीबार दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ। उपसभामुखको निर्वाचन भोलि दिउँसो ३ बजे हुनेछ ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि सो पद २०७६ माघदेखि रिक्त छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया