एसपीपी सम्झौता अस्वीकार गरेको पत्र अमेरिकालाई तत्काल लेख्नुपर्छ : नारायणकाजी श्रेष्ठ
'अमेरिकाले व्याख्यात्मक घोषणा स्वीकार नगरेमा एमसीसीलाई नयाँ ढंगले सोच्नुपर्ने हुनसक्छ'
फाइल तस्बिर
काठमाडौँ - नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले एसपीपी सम्झौता अस्वीकार गरेको पत्र तत्काल अमेरिकालाई लेख्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सरकारले अमेरिका सँगको एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको भए पनि हालसम्म पत्र नलेखेको बताए ।
‘सरकारले अहिलेसम्म पत्र लेखेन । पत्र लेख्नुपर्यो । हामी एसपीपीलाई अगाडि नबढाउने र यस प्रकारका सम्झौताहरू नगर्ने निर्णयमा पुगेका छौँ भनेर त्यस सम्बन्धमा औपचारिक जानकारी अमेरिकी सरकारलाई, अमेरिकाको सम्बन्धित राज्यलाई हामीले लेखिहाल्नु पर्छ,' उनले भने, 'तर लेखिएको छैन । मन्त्रिपरिषद्ले निर्णय गरिसकेपछि कार्यान्वयन गर्ने दिशामा परराष्ट्र मन्त्रालयले कुटनीतिक पत्राचार गर्ने हो ।’
सांसद श्रेष्ठले संसदबाट एमसीसी पारित गर्दा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणाको सम्बन्धमा पनि अमेरिकी सरकारले धारणा प्रष्ट नगरेकाले अमेरिकाको धारणा माग्न पत्राचार गर्नुपर्ने बताए । अमेरिकाले व्याख्यात्मक घोषणा स्वीकार नगरेमा एमसीसी सम्झौतालाई नयाँ ढंगले सोच्नुपर्ने उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया