उपसभामुख निर्वाचन : भुसाल र भट्टराईबीच प्रतिस्पर्धा
काठमाडौँ - प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेकी विद्या भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ । भुसाल र भट्टराईले बिहीबार सिंहदरबारस्थित संसद् सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् ।
भुसाललाई सत्ता गठबन्धनको साथ छ । भुसालको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरी समर्थक रहेका छन् ।
भट्टराईको प्रस्तावकमा शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल छन् ।
उपसभामुखको निर्वाचन शुक्रबार हुँदै छ । आजै दिउँसो उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची छ । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि सो पद २०७६ माघदेखि रिक्त छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया