संवैधानिक परिषद्सम्बन्धी विधेयकका बिषयमा चर्चा गर्न आवश्यक छैन : सभामुख
फाइल फोटो
काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदसम्बन्धी विधेयकका बिषयमा चर्चा गर्न आवश्यक नभएको बताएका छन् ।
सोमबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले संवैधानिक परिषद्सम्बन्धि विधेयक अर्को सभामा दर्ता भएकाले विधेयकबारे चर्चा गर्नु मनासिव नभएको बताएका हुन् ।
उनले विभिन्न संसदीय समितिका सभापति पद रिक्त रहेका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको र प्रधानमन्त्रीका साथै पार्टीका नेताहरुसँग छलफल गरिरहेको बताए ।
उनले ढिलै भए पनि उपसभामुखको निर्वाचन भएसँगै संसद्को काम अझ प्रभावकारी ढंगबाट अगाडि बढ्ने बताए । सभामुख सापकोटाले अहिले नागरिकता, संघीय निजामति विधेयकलाई अघि बढाउन ध्यान केन्द्रित गरेको र अरु महत्वपूर्ण विधेयक अघि बढाउन पहल भइरहेको जानकारी दिए । सभामुख सापकोटाले संघीय सरकारका मन्त्री हेरफेरका कारण संसद् सचिवालयमा दर्ता भएका विधेयकमाथिको छलफल अगाडि बढाउन समस्या भएको बताए ।
उनले चालु अधिवेशनबाट १५ विधेयक पारित भएको र पाँच समितिका साथै विभिन्न संवैधानिक आयोगका प्रतिवेदन संसद्मा पेश भएको जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया