फौजदारी अभियोगमा मुद्दा चलाउन सरकारलाई आयोगको ध्यानाकर्षण
फाइल फोटो
काठमाडौँ - राष्ट्रिय मानव अधिकार आयोगले फौजदारी अभियोगमा मुद्दा चलाउन सरकारलाई गरेको सिफारिस कार्यान्वयन गराउन संसदीय समितिको ध्यानाकर्षण गराएको छ ।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समितिले सरकारलाई कानुन कार्यान्वयनमा निर्देशन दिन अनुरोध गरेका हुन् ।
आयोगले मानव अधिकार उल्लंघनका घटनामा संलग्न र कसुर देखिएकालाई कारबाही गर्न सरकारलाई सिफारिस गरेपनि वास्ता नगरेको गुनासो गरे । आयोगका अध्यक्ष मगरले सिफारिस भएका विषयमा दुविधा नराखी सरकारले कार्यान्वयन नगरेका कारण मानव अधिकार हननका घटना बढेको बताए । आयोगको सिफारिसलाई सरकारले बेवास्ता गरेका कारण संसदीय समितिले चासो लिएर सरकारसँग जवाफ मागिदिन आग्रह गरे ।
अध्यक्ष मगरले कोभिड–१९ महामारीमा नागरिकको मानव अधिकार संरक्षण गर्न आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको पनि उल्लेख गरे । अध्यक्ष मगरले कोभिड–१९ महामारीको समयमा आम नागरिकको स्वास्थ्य सम्बन्धी हक र बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरिएको जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया