बजेट प्रकरण
छानबिन समितिमा बयान दिन सिंहदरबार पुगे पूर्वअर्थमन्त्री शर्मा

काठमाडौं - बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको आरोपबारे छानबिन गर्न गठित समितिले आज पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गर्दै छ । समितिमा बयान दिनका लागि शर्मा सिंहदरबारस्थित समितिको बैठक कक्षमा पुगेका छन् ।
बैठक सिंहदरबारस्थित अर्थसमितिको हलमा सुरु भएको छ । समितिले बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा शर्मासँग शोधपुछ गर्ने छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि सभामुख अग्नि सापकोटाले संसदीय छानविन विशेष समिति गठन गरेका थिए । त्यसलगत्तै शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया