संसद्

राष्ट्रियसभा बैठक बस्दै , नागरिकता विधेयक टेबल गरिने

इकागज |
साउन ९, २०७९ सोमबार ७:८ बजे

फाइल तस्बिर

काठमाडौँ - आज राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ टेबल गर्ने सम्भावित कार्यसूची छ । 

राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएका ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



Author

थप समाचार
x