शून्य सरोकार
'प्रधानमन्त्रीले आफूलाई के ठान्नुहुन्छ ?'
काठमाडौँ : प्रतिनिधि सभा बैठकको शून्य समयमा केही सांसदले सरकारका कामहरूको विरोध र केहीले समर्थन गरेका छन् । बिहीबारको बैठकमा बोल्दै ती सांसदले समसामयिक राजनीति र क्षेत्रगत समस्याबारे भनाई राखेका हुन् ।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै बिहीबार सांसद लालकाजी गुरुङ्गले प्रतिनिधि सभालाई व्यवस्था गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राजा महाराजा भन्दा महान ठान्ने गरेको आरोप लगाए ।
सांसद शान्ता चौधरीले विकास प्रेमीहरू खुसीले गदगद भएको भन्दै सरकारका कामको प्रसंसा गरिन्। त्यस्नै सांसद बिमला विश्वकर्माले पनि ३ वर्षे अवधिमा सरकारले गरेका कामको स्वागत गरिन्।
त्यस्तै सत्य पहाडीले प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन गरेर सांसद र संसद्को अपमान गरेको बताए। उनले संसदको अस्तित्वसमेतलाई धुलोमा मिलाउने कोशिस गरेको आरोपसमेत लगाए।
उनले भने,‘यतिबेला यो अधिवेशनलाई सरकारले बिजनेस विहिन बनाएको छ, के सरकारले बिजनेस दिने हैसियतै गुमायो ? वा सरकारको मानसिकता अझै पुर्न स्थापित भईसकेको छैन ।’
त्यस्तै सांसद सुरेशचन्द्र दासले ओली सरकारको विकल्प नहुनु दुर्रभाग्यपुर्ण र रहस्यमय रहेको बताए । सांसद महन्थ ठाकुरले दिएको एक अन्र्तवार्तामा सरकार निर्माणमा कांग्रेस माओवादी क्लियर छैन भनेर अभिव्यक्ति दिएको
प्रसंग उल्लेख गर्दे उनले भने,‘म ठाकुरजी सँग सोध्न चाहन्छु कि आज मधेसका जनता संघीयता विरोधी सरकारमा जान चाहँदैन, संघीयता र गणतन्त्र विरोधी सरकारमा जान चाहँदैन ।’
सांसद स्मृति नारायण चौधरीले दिल्लीबाट र चीनबाट ट्रेन आउँछ भनेर ओली सरकारले भ्रम छर्ने काम गरेको आरोप लगाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया