संसद्

प्रतिनिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

इकागज |
भदौ ५, २०७९ आइतबार ७:५९ बजे

फाइल तस्बिर

काठमाडौं - प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका  व्यक्तिको छानविन तथा सत्य निरुपण मेलमिलाप आयोग विधेयक पेश हुने भएको छ । 

प्रतिनिधिसभा सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण मेलमिलाप आयोग विधेयक २०७९ पेश हुने भएको हो । उक्त विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद कोइरालाले पेश गर्नेछन् ।


प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्नेछन् । 


Author

थप समाचार
x