त्रिविको समस्या शीघ्र समाधान गर्न सभामुखको 'रुलिङ'
काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाले त्रिभूवन विश्वविद्यालयमा देखिएको समस्या शीघ्र समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले त्रिभूवन विश्वविद्यालयमा तालाबन्दी लगायतका विरोधका कार्यक्रमले पठनपाठन प्रभावित भएकोप्रति प्रतिनिधि सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै समस्या शीघ्र समाधान गर्न सरकारलाई रुलिङ गरेका हुन् ।
‘त्रिभूवन विश्वविद्यालयमा भएको तालाबन्दी लगायतका विरोध कार्यक्रमहरूले विश्वविद्यालयको शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुरा उठाउनुभएको छ,' उनले भने, 'सभाको गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ यो समस्या शीघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देशन दिन्छु ।’
यसअघि प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै नेकपा (एमाले)का सांसद प्रदीपकुमार ज्ञवालीले त्रिभूवन विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखले सरकारलाई रुलिङ गर्न माग गरेका थिए । बैठकमा बोल्दै उनले त्रिभूवन विश्वविद्यालयमा प्राध्यापकलाई आक्रमण गर्नेहरूमाथि कारबाही नगरिएको भन्दै आपत्ति जनाएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया