संसद्

बेपत्ता तथा सत्य निरुपण विधेयक स्वीकृत

इकागज |
भदौ १३, २०७९ सोमबार १६:४५ बजे

फाइल फोटो

काठमाडौँ - प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ स्वीकृत गरेको छ । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको हो । 


सोमबार बसेको पहिलो बैठक सो प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको थियो । यसपछि सोमबार नै बसेको दोस्रो बैठकले उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको हो । 

प्रतिनिधिसभाको अर्काे बैठक १७ भदौ दिउँसो १ बजे बस्नेछ । 


Author

थप समाचार
x