जनप्रतिनिधिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरे : महेश बस्नेत
फाइल फोटो
काठमाडौँ - सांसद महेश बस्नेतले केही जनप्रतिनिधिहरुले साइबर क्राइमलाई आकर्षित हुने गरेर सामाजिक सञ्जाललाई दुरुपयोग गरेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभामा बोल्दै उनले अहिलेको राजनीतिक व्यवस्थालाई बिथोल्ने,नेता र कार्यकर्ताको बदनाम गराउने अन्तर्राष्ट्रिय तत्वहरु रहेको दाबी गरे ।
उनले सूचना प्रविधि ऐनलाई व्यवस्थित गर्दै त्यस्तो कार्य गर्नेलाई कानुनी कारबाही गर्न आग्रह गरे । सांसद बस्नेतले काठमाडौं महानगरले मापदण्ड मिचेको भन्दै भत्काएका संरचनाहरूको उचित समय र क्षतिपूर्ति दिनु पर्ने माग राखे ।
उनले डेंगु रोग नियन्त्रण गर्न सरकारले उचित ध्यान दिनुपर्ने बताए । उनले नागरिकता विधेयक अब वर्तमान संसदको अवधि सकिएकाले अर्को संसदमा छलफल गर्नुपर्ने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया