संसद्

महाभियोग सिफारिस समिति बैठक बस्दै, वकिलले गरेका प्रतिप्रश्नको जवाफ जबरासँग मागिने

इकागज |
भदौ ३१, २०७९ शुक्रबार ७:६ बजे

काठमाडौं - संसद्को महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि बयान लिँदैछ । जबरासँग पूरक प्रश्न गर्न आज बिहान ११ बजे बैठक डाकिएको छ । समितिले यसअघि उनीसँग ४३ वटा प्रश्न सोधिसकेको छ । 

बयानका क्रममा जबराले सात जना वकिलको नाम लिएका थिए । समितिले बिहीबार उनीहरूसँग सोधपुछ  गरेको थियो । बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठबकमा जबरासँग सोधपुछ गर्न लागिएको हो ।


सर्वोच्चका ६ जना बहालवाला न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले छलफलका लागि बोलाए पनि उनीहरू उपस्थित भएनन् । 


Author

थप समाचार
x