निलम्बित प्रधानन्यायाधीश जबरालाई बयानमा हस्ताक्षर गराइँदै
काठमाडौँ - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाअभियोग सिफारिस समितिले लिएको बयानमा हस्ताक्षर गराउने तयारी भइरहेको छ । एक सय ७८ पेजको बयान अहिले पढेर सुनाउने काम भइरहेको छ । समितिका एक सदस्यका अनुसार संसद् सचिवालयका कर्मचारीले जबराको बयान पढेर सुनाइरहेका छन् ।
सुरुमा जबराले सबै पढेर नसकिने भन्दै अन्तिमको एक पेजमा हस्ताक्षर गरिदिने बताएका थिए । तर हस्ताक्षर गर्न दिने बेला उनले नमानेपछि अहिले अध्योपान्त पढेर सुनाउने काम भइरहेको ती सदस्यले इकागजलाई बताए । पढेर सुनाइ सकेपछि जबरालाई हस्ताक्षर गराइने उनको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया