संसद्

महिलाको प्रतिनिधित्व सुनिश्चित गराउन राजनीतिक पार्टीका नेतृत्वहरू तयार छैनन्

इकागज |
भदौ ३१, २०७९ शुक्रबार १४:१२ बजे

काठमाडौँ- सत्तारुढ दल नेपाली काँग्रेसकी सांसद कमला पन्तले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूको उम्मेदवारी बढाउन सबै राजनीतिक पार्टीहरूलाई आग्रह गरेकी छिन् ।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले जनतामा सुशासनको प्रत्याभूति दिलाउन पनि महिलाहरूको प्रत्यक्षतर्फको निर्वाचनमा सहभागिता बढाउन आवश्यक रहेको जिकिर समेत गरिन् । उनले संविधानले व्यवस्था गरेको महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गराउन पनि राजनीतिक पार्टीका नेतृत्वहरू तयार नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गरिन् ।


सांसद पन्तले महिलाहरू भूगोलमा गएर निर्वाचन लड्न सक्षम रहेको उल्लेख गर्दै त्यो कुरालाई आत्मसात गरेर निर्वाचनका लागि उम्मेदवार छनौट गर्न पनि सबै राजनीतिक पार्टीका नेतृत्वको ध्यानाकर्षण गराइन् । उनले संविधान अनुसार आगामी निर्वाचनमा महिलाहरूको सहभागिता बढाउने काममा नेतृत्वदायी भूमिका निर्वाह गरिदिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि आग्रह गरिन् ।

सांसद पन्तले दशैं-तिहारजस्ता चाडबाड आएको उल्लेख गर्दै सर्वसाधारणका लागि सुलभ र सस्तो बजारको व्यवस्था गर्न पनि सरकारसँग माग गरिन् । 


Author

थप समाचार
x