विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत
काठमाडौँ- प्रतिनिधि सभाको आजको बैठकले विभिन्न दुई वटा विधेयकमाथि राष्ट्रिय सभाबाट भएका संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
अर्थमन्त्रीको समेत कार्यभार सम्हालेकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रस्तुत गरेको ‘बीमा विधेयक, २०७९’ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
प्रतिनिधि सभाको अर्को बैठक शनिबार दिउँसो १ बजे बस्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया