संसदीय सनुवाइमा सर्वोच्चको न्यायाधीशमा सिफारिस चुडालको जवाफ
'बेन्च सेटिङ हुनु हुँदैन, कहीँबाट हुने गरेको रहेछ भने रोक्ने प्रतिबद्धता रहनेछ'
काठमाडौँ : सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका कुमार चुडालले बेन्च सेटिङको कुरा सुन्दै असहज लाग्ने बताएका छन् । शुक्रबार संसदीय सनुवाइ समितिको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै चुडालले बेन्च सेटिङको कुरा ठीक नभएको बताएका हुन् । 'बेन्च सेडिङ राम्रो कुरा होइन,' उनले भने, यो सहि हो भने राम्रो कुरा होइन । यसलाई नियन्त्रण सबैले प्रयास गर्नुपर्छ ।'
सांसदहरूले बेन्च सेटिङ र न्याय दिने प्रक्रियाका विषयका विषयमा प्रश्न उठाएका थिए । चुडालले आफूकुनै सेटिङमा नचल्ने बताए । 'यस्तो हुनु हुँदैन । कहीँबाट हुने गरेको रहेछ भने रोक्ने प्रतिबद्धता रहनेछ' उनले भने । अहिले सर्वोच्चमा प्रस्तावित न्यायाधीश नहकुल सुबेदीको सुनुवाइ भइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया