प्रतिपक्षी दलको नेताले पहिले बोल्न नदिएकोमा देउवाप्रति ओलीको व्यंग्य
काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षी दलको नेतालाई पहिले बोल्न नदिएको भन्दै देउवा प्रति व्यंग्य गरेका छन् । उनले वर्तमान संसदको कार्यकालको अन्तिम दिन बोल्दै व्यंग्य गरेका हुन् ।
‘अहिलेका वर्तमान सम्माननीय प्रधानमन्त्री प्रतिपक्षी दलको नेता हुँदा प्रतिपक्षी दलको नेताले पहिले बोल्न पाउनुपर्छ भनेर उहाँको नेतृत्वमा वेल घेर्ने काम भएको थियो,’ उनले भने, ‘ एउटा नयाँ कल्चर स्थापना गर्नुभएको थियो । यो पटक पालना गर्नु भएन किन हो मलाई याद भएन ? उहाँहरूले आन्दोलन गरेर स्थापित गर्नुभएजस्तो लाग्छ ।’
अध्यक्ष ओलीले राजनीतिमा मौसमी कुराहरू हुने भन्दै यस्तो पद्धति नपछ्याएको बताए ।
‘तर, मलाई चै त्यो पछ्याउन पनि मन लागेन। त्यही भएर हामी प्रतिपक्ष भएर पनि यस्ता कतिपय कुरा नपछ्याउँ जस्तो लाग्यो,’ उनले भने, ‘राजनीतिमा मौसमी कुराहरू उपयुक्त हुँदैनन् । कुनै पनि चिजको मर्यादा हुन्छ ति चिजहरूलाई पालना गर्नु वाञ्छनीय हुन्छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया