संसद्

चोलेन्द्रविरुद्धको महाभियोगको प्रतिवेदन समितिले बुझाउँदै

इकागज |
असोज १, २०७९ शनिबार १७:४१ बजे

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लागेको महाभियोगको विषयमा सिफारिस समितिले प्रतिवेदन संसद् सचिवालयमा बुझाउँदैछ । संसद् सचिवालयका अनुसार अहिले प्रतिवेदन तयार भइरहेको छ ।

शनिबार बिहान सिफारिस समितिले जबरालाई पूरक प्रश्न सोधेको थियो । त्यसपछि समितिका सदस्यहरूलाई समितिको सचिवालयले तयार पारेको प्रतिवेदनको मस्यौदा बुझाएको थियो । बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएर बुझाउन लागिएको संसद् सचिवालयका एक अधिकारीले बताए ।


‘महाभियोग समितिले प्रतिवेदनको अन्तिम रूप दिएर बुझाउने तयारी भएको छ,’ उनले भने, ‘केही बेरमै सभामुखलाई बुझाइन्छ ।’ प्रतिनिधि सभाको कार्यकाल  शनिबार राति १२ बजेपछि सकिने गरी संसद् अधिवेशन अन्त्य भएको छ ।


Author

थप समाचार
x