संसद्

सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको नाम अनुमोदन

इकागज |
बैशाख ३, २०७८ शुक्रबार १७:१ बजे

काठमाडौँ : सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका न्यायाधीश संसदीय सुनुवाइबाट अनुमोदन भएका छन् । संसदीय सुनुवाइ समितिले शुक्रबार प्रस्तावित नहकुल सुवेदी र कुमार चुँडालको नाम सर्वसम्मतिले अनुमोदन गरेकाे हो ।

प्रस्तावित दुई जना न्यायाधीशमाथि संसदीय सिमितमा ७ वटा उजुरी परेका थिए । न्यायाधीशमा सिफारिस सुवेदीको योग्यतासम्बन्धी विवाद देखिएको थियो ।



Author

थप समाचार
x