संसद्

सभामुखसँग परामर्शबिनै संसद् अधिवेशन अन्त्य

इकागज |
बैशाख ६, २०७८ सोमबार १३:७ बजे

काठमाडौँ : सरकारले सभामुख अग्नि सापकोटासँगको परामर्शबिनै चालु संसद् अधिवेशन अन्त्य गरेको पाइएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको हो । 

मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको केही समयमै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन अन्त्यको घोषणा गरेकी छन् । अधिवेशन अन्त्य गर्नुअघि सभामुख सापकाेटासँग कसैले पनि कुनै किसिमको परामर्श नगरेको सभामुखको सचिवालयले जानकारी दियो ।


सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले सरकार र राष्ट्रपतिले संसद्को अधिवेशन अन्त्य गर्नुअघि सभामुखसँग कुनै परामर्श नगरेको जानकारी दिए । उनले भने,'अधिवेशन अन्त्यअघि सम्माननीयज्यूसँग यो विषयमा सरकारको तर्फबाट कुनै पनि कुराकानी भएको छैन ।' 


Author

थप समाचार
x