संसद्

सरकारलाई संसदीय समितिको प्रश्न : किन प्रविधिमैत्री हुन नसकेको ?

इकागज |
बैशाख ८, २०७८ बुधबार १८:११ बजे

फाइल तस्बिर

काठमाडौँ : प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपालमा प्रविधिको विकाससँगै कामकाज पनि प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएको छ । सिंहदरबार बुधबार बसेको समितिले नेपालमा प्रविधिको विकास भए पनि कामकाज प्रविधिमैत्री हुन नसकेको भन्दै यसमा विषेश ध्यान दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सुझाव दिएको हो । 

बैठकमा समिति सभापति कृष्णप्रसाद दाहालले हुलाक सेवालाई उत्पादनसँग जोडेर अगाडि बढाउनुपर्ने बताए । उनले आइटी इञ्जिनीयर रोजगारीका लागि विदेश जान नपर्ने गरी आगामी नीति तथा कार्यक्रम तय गर्न सरकारलाई सुझाव दिए । 


बैठकमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्रालयले डिजिटल नेपालको फ्रेमवर्कलाई पूरा गर्ने गरी तीव्ररूपमा काम गरिरहेको र आगामी आर्थिक बजेटमा समेत त्यसलाई प्राथमिकता दिएको जानकारी गराए । 


Author

थप समाचार
x