एकीकृत समाजवादीले प्रदेश समानुपातिक सांसदको नाम सिफारिस गर्यो
काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशसभाका लागि समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
पार्टीको स्थायी कमिटी बैठकले प्रदेश १ मा विद्या चाम्लिङ राई, मधेश प्रदेशमा रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम सिफारिस भएको प्रवक्ता जगनाग खतिवडाले जानकारी दिए ।
यस्तै, वाग्मती प्रदेशमा मायादेवी शर्मा र ओमकुमार श्रेष्ठ, लुम्बिनी प्रदेशमा भगवती अधिकारी, कर्णाली प्रदेशमा कल्याणी खड्का र सुदूरपश्चिममा माया पन्तको नाम सिफारिस भएको उनले जानकारी दिए ।
मंसिर ४ गतेको निर्वाचनमा प्रदेश समानुपातिकतर्फ प्राप्त गरेको मत अनुसार एकीकृत समाजवादी पार्टीले प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा प्रदेशमा १–१ जना, मधेश प्रदेशमा ३ र वाग्मतीमा २ सिट जितेको थियो । उक्त पार्टीले गण्डकी प्रदेशमा थ्रेस होल्ड कटाए पनि सदस्य निर्वाचित गर्न आवश्यक मत पुर्याउन सकेन भने संघतर्फ प्रत्यक्षमा १० सिट जितेपनि थ्रेसहोल्ड कटाउन नसकेपछि संघतर्फको समानुपातिक सांसद पाउनबाट वञ्चित भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया