संसद्

कांग्रेसले सुदूरपश्चिममा प्रदेश सभातर्फ समानुपातिक सांसद टुंग्यायाे

इकागज |
मंसिर २४, २०७९ शनिबार १८:३६ बजे

कैलाली- नेपाली कांग्रेसले सुदूरपश्चिममा प्रदेश सभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। 

कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सुदूरपश्चिम प्रदेशको समानुपातिकतर्फको सांसदको टुंगो लगाएको हो। 


सुदूरपश्चिम प्रदेशमा ७ जना महिलालाई समानुपातिक सूचीमा राखिएको छ। जसअनुसार सुदूरपश्चिम प्रदेश सभामा दलितबाट ललिता सुनार, खसआर्यबाट मधु भारती, सरस्वती खड्का, डम्बरी (रक्षा) महरा, जुना दानी र तुल्सी देवकोटा सांसद बनेका छन्। यस्तै थार"बाट गिताकुमारी चौधरी सांसद बनेकी छन्।


Author

थप समाचार
x