सुदूरपश्चिम प्रदेश सभामा थ्रेस होल्ड कटाएका दलले सांसदकाे नाम टुंग्याए
कैलाली- सुदूरपश्चिम प्रदेशसभामा थ्रेस होल्ड कटाएर समानुपातिक सिट पाएका दलहरूले सांसद (प्रदेशसभा सदस्य) को नाम टुङ्ग्याएका छन् । प्रदेशभाका २१ सिटका लागि ६ वटा दलले समानुपातिक सांसदको नाम टुङ्ग्याएका छ्न् ।
कांग्रेसको केन्द्रीय पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सुदूरपश्चिम प्रदेशको समानुपातिकतर्फको सांसदको टुंगो लगाएको छ । प्रदेश सभामा ७ सिट पाएको कांग्रेसबाट सुदूरपश्चिम प्रदेश सभामा दलितबाट ललिता सुनार, खसआर्यबाट मधु भारती, सरस्वती खड्का, डम्बरी (रक्षा) महरा, जुना दानी र तुलसी देवकोटा सांसद बनेका छन् । यस्तै थारुबाट गिताकुमारी चौधरी सांसद बनेका छन् ।
त्यस्तै ७ वटै सिट पाएको एमालेले पनि सुदूरपश्चिम प्रदेससभा समानुपातिक सदस्यको नाम टुंगो लगाएको छ । पुरुष खस आर्य तर्फ राजेन्द्र सिंह रावल र धर्मराज पाठकको नाम निर्वाचन आयोगलाई पठाइएको छ । त्यस्तै खस आर्य महिला तर्फ सन्तोष कुमारी शमाय (थापा), जानकी बम (ऐर), थारु महिला तर्फ कोइलीदवेी चौधरी, दलित महिला तर्फ हिरा साकी, पिछडिएको क्षेत्रबाट निर्मला देवी साउँदको नाम आयोगलाई पठाउने निर्णय गरिएको छ ।
यसैगरी ३ सिट पाएको नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा प्रदेशसभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ । जसअनुसार सुदूरपश्चिम प्रदेश सभामा दलित महिलाबाट लक्ष्मी बिक, महिला तर्फबाट गिता देवी माल र जानकी कुँवर पौडेलको नाम निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।
यसैगरी २ सिट पाएको नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभाका लागि समानुपातिक सासंदहरू टुंगो लगाएको छ । जसमा सुदूरपश्चिम प्रदेशका प्रवक्ता समेत रहेका दामोदर पण्डित र सुनिता चौधरीलाई सासंद बनाउने निर्णय गरेको छ ।
१ सिट पाएको नेकपा एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेश सभाका लागि माया पन्तको र १ सिट नै पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खेमा देवी बिष्टको नाम सिफारिस गरिएको छ ।
सुदूरपश्चिम प्रदेशसभा प्रत्यक्षमा कांग्रेसले १२, माओवादीले ८, नागरिक उन्मुक्ति पार्टीले ५, एमाले र एकीकृत समाजवादीले ३/३ र स्वतन्त्र उम्मेदवारले १ सिट जितेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया