संसद्

कर्णालीबाट प्रतिनिधि र प्रदेश सभामा ६१ सांसदले प्रतिनिधित्व गर्दै

दैलेख र सुर्खेतबाट बढी सांसद

इकागज |
मंसिर २७, २०७९ मंगलबार १७:३८ बजे

सुर्खेत- कर्णालीबाट प्रतिनिधि र प्रदेश सभामा ६१ जना सांसदले प्रतिनिधित्व गर्दै छन् । सबैभन्दा बढी सांसद पाउने जिल्ला दैलेख र सुर्खेत रहेकाे छ । दैलेखबाट ११ र सुर्खेतबाट १० जना सांसदहरूले प्रतिनिधि र प्रदेश सभामा प्रतिनिधित्व गर्ने भएका हुन् ।

दैलेख जिल्लाबाट प्रतिनिधि र प्रदेश सभामा प्रत्यक्ष तथा समानुपातिक गरी ११ जना सांसदले प्रतिनिधित्व गर्ने भएका छन् । दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दैलेखमा ६ जना प्रत्यक्ष निर्वाचित भएका छन् । यहाँ पाँच जना समानुपातिकतर्फ सिफारिसमा परेका छन् ।


दैलेखपछि धेरै सांसद पाउनेमा सुर्खेत छ । यो जिल्लामा प्रत्यक्ष र समानुपातिक गरेर १० जना सांसद बन्ने भएका छन् । दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभाका निर्वाचन क्षेत्र रहेको सुर्खेतमा ६ जना प्रत्यक्ष निर्वाचित भइसकेका छन् भने चार जना समानुपातिकतर्फ सिफारिसमा परेका छन् ।

यसैगरी, प्रतिनिधि र प्रदेश सभामा गरी जुम्ला र हुम्लाबाट ६/६ जना, रुकुम–पश्चिमबाट सात जना, कालीकोट र सल्यानबाट पाँच-पाँच जना, डोल्पा र जाजरकोटबाट चार-चार जना र मुगुबाट तीन जनाले प्रतिनिधित्व गर्ने छन् ।


Author

थप समाचार
x