संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न काँग्रेस सांसदलाई प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौँ- प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा बधाई दिँदै सो निर्देशन दिएका हुन् । प्रतिनिधि सभामा निर्वाचित सबै सांसदहरूलाई प्रधानमन्त्री देउवाले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देश गरेकाे सञ्चारमन्त्री समेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मन्त्री कार्कीले काँग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने र त्यसमा सबै पक्षलाई समेटेर अघि बढ्न आफूहरूले चाहेको पनि स्पष्ट पारे ।
मन्त्री कार्कीले चाँडै नै सत्तारूढ गठबन्धन दलको बैठक बस्ने र सरकारको नेतृत्वलगायतका विषयमा ठोस छलफल हुने विश्वास समेत व्यक्त गरे । उनले सत्तारूढ गठबन्धनले निर्णय गरेपछि मात्रै सरकार गठनबारे आफूले केही भन्न सक्ने पनि बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया