संसद्

नागरिकता विद्येयक बारे प्रारम्भमा नै छलफल गर्नुपर्ने गगन थापाको भनाइ

इकागज |
पुस ७, २०७९ बिहीबार १५:४९ बजे

फाइल फोटो

काठमाडौँ - कांग्रेसका नवनिर्वाचित सांसद गगनकुमार थापाले प्रतिनिधिसभा बैठकको प्रारम्भकालमा नै नागरिकता विद्येयकमािथ छलफल हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण समारोहमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै थापाले संसद बैठकको पहिलो एजेन्डा नै नागरिकता बिद्येयक हुनु पर्ने बताए ।


 ‘संसद बैठकको प्रारम्भमा नै नागरिकता बिद्येयकमािथ छलफल हुनुपर्छ,’ थापाले भने । उनले नागरिकता विद्येयकलाई स्वीकृत नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाका बारेमा पनि संसदमा छलफल हुनुपर्ने थापाले बताए ।

 ‘राष्ट्रपतिलाई मनको आधारमा ठिक बेठिक भन्ने अधिकार छैन, उनले संसद र मन्त्री परिषदले गरेको निर्णयलाई सदर गर्नुपर्छ,’ थापाले भने ।
 


Author

थप समाचार
x