संसद्

किन शपथ लिएनन् यी ४ सांसदले ?

इकागज |
पुस ७, २०७९ बिहीबार १७:२३ बजे

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले शपथ लिएका छन् । आज प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले २७० सांसदलाई शपथ खुवाएका हुन् ।

जबराले भने हिजाे राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए । आज ४ सांसदले शपथ  लिएनन् । महेन्द्र राय यादव, प्रेमबहादुर आले, माया राई र रामकुमार राई आज शपथ लिन अनुपस्थित रहेका हुन् ।


उमेरसम्बन्धी प्राविधिक कारणबाट आज शपथ लिन नसकेपछि यादवलाई सङ्घीय संसद् सचिवालयले भोलि मात्र शपथ गराउने तयारी छ । आले पारिवारिक शोकमा र राई सुत्केरी भई अस्पतालमा छिन् । खोटाङबाट निर्वाचित सांसद रामकुमार राई हवाईजहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसकेको संसद् सचिवालयले जनाएको छ । 

सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई बिहीबार शपथ गराउने कार्यक्रम राखेको थियो । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा दुई सय ७० सांसद्ले ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । 
   


Author

थप समाचार
x