संसद्

संसद्‌को पहिलो बैठकका एजेण्डा तय गर्न सर्वदलीय बैठक बस्दै

इकागज |
पुस २२, २०७९ शुक्रबार १०:२६ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक २५ पुसमा बस्दैछ । त्यसअघि आज दिउँसो १ बजे सर्वदलीय बैठक डाकिएको छ ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सदनको पहिलो बैठकका लागि एजेण्डा तय गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।


बैठकमा दलका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ। बैठकमा स्वतन्त्र सांसदलाई पनि बोलाइएको छ।

बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।


Author

थप समाचार
x