संसद्

राष्ट्रिय सभामा सांसदहरूले के भने ?

इकागज |
पुस २५, २०७९ सोमबार १६:१९ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा (एमाले) का सांसद देवेन्द्र दाहालले प्रतिपक्षलाई वर्तमान सरकारलाई कम्तीमा १०० दिन काम गरेको हेर्न आग्रह गरेका छन् । 

राष्ट्रियसभाको सोमबारको बैठकमा दाहालले वर्तमान सरकारले देशको नेतृत्व गर्न सफल हुने भन्दै कम्तीमा सय दिन काम गरेको हेर्न आग्रह गरेका हुन् । पछिल्लो १८ महिनामा मुलुकको अर्थतन्त्र धरासायी भएको र वर्तमान सरकारले वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेशमै रोजगार उपलब्ध गराउने कुरामा ध्यान दिनुपर्ने उनले बताए । 


त्यस्तै कांग्रेसका सांसद रमेशजङग रायमाझीले कांग्रेसको नेतृत्वले स्थानीय तहदेखि केन्द्रसम्मका  निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नु महत्वपूर्ण कार्य भएको बताए । 

 कांग्रेस रचनात्मक प्रतिपक्षको भूमिकामा रही विगतको यथार्थबाट पाठ सिक्दै अगाडि बढ्ने उनले बताए । त्यस्तै  नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले नयाँ सरकारलाई मुलकको अर्थतन्त्र अगाडि बढाउनेतर्फ केन्द्रित रही काम गर्न सुझाव दिए । 

त्यस्तै नेकपा (माओवादी केन्द्र)का उर्मीला अर्यालले नवगठित मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गर्दै विश्वासको मत दिएर नवगठित सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन समर्थन गरी सहयोग पु¥याउन आह्वान गरे । 

 त्यसअघि बैठकमा सदन आह्वान तथा प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पढेर सुनाएका थिए । 
 


Author

थप समाचार
x