गृहमन्त्रीले केटाकेटी पन देखाएः रमेशजंग रायमाझी
फाइल फोटो
काठमाडौँ - नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजङ रायमाझीले सरकारको गृहमन्त्री भएर शपथ खाएको दिन नै मन्त्रीपरिषद्मा प्रतिपक्षको भुमिका खेल्छु भन्नु केटाकेटी पन भएको टिप्पणी गरेका छन् ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै रायमाझीले संसदीय प्रणालीमा प्रधानमन्त्रीको नेतृत्वमा जनता र संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै सरकारको उपप्रधान तथा गृहमन्त्रीले सरकारको प्रतिनिधि भन्दा प्रतिपक्षको भुमिकामा उभिने भन्नेबाट कानुनको पालना नहुने बताएका हुन् ।
उनले संसदीय व्यवस्थामा प्रधानमन्त्रीको मन्त्री भएर मन्त्रीपरिषद्मा प्रतिपक्षको भुमिका खेल्छु भन्नु केटाकेटी पन वा अनपेक्षित पदप्राप्तिपछिको उत्साह अंहकार भएको टिप्पणी गरे । उनले कानुनको भुमरीमा परेर सफाइ नपाएको व्यक्ति नै स्वास्र्थ बाझिने गरी राज्यमा प्रमुख निकायमा रहँदा यो शासन व्यवस्थाको मूल्य र मान्यतालाई कायम गर्न नसक्ने बताए ।
उनले संविधानमा व्यवस्था भएका मौलिक हकमा राज्य गम्भिर नबन्दा धेरै शान्ति सम्झौतामा भएका कामहरु गर्न बाँकी रहेको बतानए ।
उनले आमागी संसदले लामो समय देखि विवाद रहेको नागरिकता संशोधन विद्येयक प्रमाणिकरण नहुँदा नागरिकहरु नागरिता पाउनबाट बन्चित बन्नुपरेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया