वर्षा याममा मासिक ५० र हिउँदमा मासिक ३० युनिट निःशुल्क दिने : प्रधानमन्त्री प्रचण्ड
![](https://ekagajcdn.prixacdn.net/media/albums/prachanda_samsad_iO8TJZCc2c.jpg)
काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगमी सरकारले वर्षा याममा मासिक ५० र हिउदमा ३० युनिट निःशुल्क विद्युत दिने बताएका छन् । मंगलबार प्रधामन्त्रीको रुपमा विश्वासको मत माग्दै उनले ५० युनिट सम्म निःशुल्क दिइने बताएका हुन् ।
‘वर्षा याममा मासिक ५० र हिउदमा मासिक ३० युनिट निःशूलक दिइने छ,’ उनले भने, ‘विद्युत महसुल समायोजन गर्दै एक वर्षभित्रै सतप्रतिशत नागरिकमा विद्युत पुर्याइने छ ।’
यस्तै फाइभजी प्रविधि प्रयोगमा ल्याइनेसमेत उनले बताए । सार्वजनिक स्थलमा निःशूल्क इन्टरनेट दिने समेत उनले घोषणा गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया