संसद्

यो सहकार्यले नेपाली जनतामा सकारात्मक सन्देश दिएको छ : शर्मा

इकागज |
पुस २६, २०७९ मंगलबार १४:३८ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) की नेतृ रेखा शर्माले प्रधानमन्त्रीलाई विश्वासकाे मत दिएकामा सबैप्रति हार्दिक आभार व्यक्त गरेकी छिन् ।

प्रतिनिधिसभाको मंगलबारकाे बैठकमा ​उनले राजनीतिमा जहिले संकट आइलाग्छ त्यतिबेला सबै राजनीतिक दल एक ठाउँमा उभिनु राम्रो भएकाे पनि बताइन् । उनले भनिन्, 'सहकार्यको कदम प्रसंशनीय छ । अब सरकार गठन भइसकेपछि जे सकारात्मक पहल भएक छन् । निकै राम्रा छन् । विश्वासकाे मत दिनुभएका सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।'


कुनै पनि पार्टी बहुमत हुन सकेन त्यसैले धेरै पार्टी सरकारमा सहभागी भएकाे पनि शर्माले उल्लेख गरिन् ।

उनले भनिन्, 'राजनीतिक दल मात्रै हैन यहाँ स्वतन्त्र पनि हुनुहुन्छ । उहाँहरूले पनि पक्षमा गरिदिनुहुन्छ भन्ने विश्वास छ । यो सहकार्यले नेपाली जनतामा सकारात्मक सन्देश दिएको छ । यो संसद् निर्माण हुँदा जनताको आशा र भरोसा पूरा हुनेछ ।'


Author

थप समाचार
x