संसद्

सभामुखमा कांग्रेसले एकीकृत समाजवादीलाई समर्थन गर्ने सम्भावना

इकागज |
माघ ४, २०७९ बुधबार १३:५ बजे

काठमाडौँ–नेपाली कांग्रेसले सभामुखको निर्वाचनमा उम्मेवादी दिने/नदिने विषयमा अझै निर्णय गर्न सकेको छैन । सभामुखको उम्मेदवारीका लागि आज ४ बजेसम्म नाम मनोनयन गर्नुपर्ने छ ।

 ​कांग्रेसले सभामुखमा आफूले उम्मेदवार नउठाएर एकीकृत समाजवादीलाई समर्थन गरेर जानेबारे छलफल चलिरहेको एक नेताले बताए । ‘एकीकृत समाजवादीसँग छलफल सकारात्मक भए कांग्रेसले आफ्नो उम्मेदवार उठाउँदैन,’ उनले भने, ‘समाजवादीकै उम्मेदवारलाई सभामुखमा समर्थन गर्छ ।’


कांग्रेसले अहिले राष्ट्रपति पद पाउने आशामा अझै पनि उम्मेदवारी दिने विषयमा प्रधानमन्त्री प्रचण्डसहित विभिन्न दलसँग छलफल गरिरहेको छ ।


Author

थप समाचार
x