सोविता गौतमलाई उपसभामुख बनाउने सत्ता गठबन्धनको तयारी
उपसभामुख चयन : आज मनोनयन दर्ता, भोलि निर्वाचन
काठमाडौं - संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका लागि आज उमेदवारी दर्ता हुँदै छ । संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ ।
आजै सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ । उपसभामुख पदको लागि भोलि दिउँसो १ बजे संसद्मा चुनाव हुनेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमलाई उपसभामुख बनाउने सत्ता गठबन्धनको तयारी छ । सभामुखमा सत्ता साझेदार दलका तर्फबाट एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया