संसद्

उपसभामुखका लागि आज मतदान हुँदै

इकागज |
माघ ७, २०७९ शनिबार ८:१२ बजे

काठमाडौँ-  प्रतिनिधि सभाको उपसभामुख पदका लागि आज मतदान हुँदैछ । आज दिउँसो १ बजे बस्‍ने  प्रतिनिधि सभाको बैठकमा उपसभामुखको मतदान हुनेछ ।

उपसभामुख पदमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ । 


सत्तारूढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । उनको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहेकी छन् । साथै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन छन् । 

यस्तै नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । उनको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे प्रस्तावक र समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरी रहेका छन् ।

सभामुखमा एमालेका देवराज घिमिरे यसअघि नै निर्वाचित भइसकेका छन् ।


Author

थप समाचार
x