संसद्

नवनिर्वाचित उपसभामुख राना भन्छिन् : पदीय जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्नेछु

इकागज |
माघ ७, २०७९ शनिबार १८:५५ बजे

काठमाडौँ- नवनिर्वाचित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले आफूले पाएको पदीय जिम्मेवारी इमान्दारिताका साथ निभाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

उपसभामुखमा निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएकी हुन् । विपक्ष दलका सांसदहरूले समेत उठाएका इस्यूहरूलाई सभामुखसँग सहकार्य गरेर सम्बोधन गर्न आफ्नो इमान्दार प्रयास रहने बताएकी हुन् ।


उपसभामुख राना मगरले संविधानले दिएको अधिकार भित्र रहेर संसद्को कामलाई अझ बढी प्रभावकारी, मर्यादित र सुसंस्कृत बनाउन आफूले पहल गर्ने पनि जिकिर गरिन् । नेपाली जनताको हक, अधिकारीलाई निडर र अविचलित भएर स्थापित गराउन आफूले काम गर्ने उनको भनाइ थियो ।

उपसभामुख मगरले आफू ठूलो परिवारमा आएको उल्लेख गर्दै त्यसको गरिमालाई कायम राख्दै अघि बढ्ने समेत बताइन् । 


Author

थप समाचार
x