संसद्लाई जनउत्तरदायी बनाउनुपर्छ : सभामुख घिमिरे
फाइल तस्बिर
काठमाडौं- सभामुख देवराज घिमिरेले संसद्लाई जनउत्तरदायी बनाउनुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा प्रतिनिधिसभाका सदस्यहरूका लागि संसदीय प्रक्रिया र अभ्यास विषयक अभिमुखीकरण कार्यक्रममा सभामुख घिमिरेले संसद् र सांसदहरूको भूमिका प्रभावकारी, जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताएका हुन् । नागरिकले संसद्का गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट प्रभावकारी काम खोजिरहेको भन्दै उनले छोटो समयमा नै संसदीय गतिविधिले नेपालमा शिक्षा दिने किसिमको भूमिका खेल्नुपर्ने उल्लेख गरे ।
उनले सबै मिलेर संसद्का सबै अधिवेशनहरूलाई व्यवस्थित गर्नुपर्ने र सांसदहरूले पनि यसमा झन बढी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।
संघीय संसद् सचिवालयले आयोजना गरेको अभिमूखीकरण कार्यक्रम शुक्रबारसम्म चल्ने छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया