संसद्

राज्यको उपस्थिति छ भन्ने विश्वास दिलाउन सार्वजनिक सेवा चुस्त हुनुपर्छ : राष्ट्रपति

इकागज |
माघ २७, २०७९ शुक्रबार १५:५२ बजे

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको उपस्थिति छ भन्ने विश्वास दिलाउन सार्वजनिक सेवा चुस्त हुनुपर्ने बताएकी छिन् । उनले शुक्रबार संघीय संसद्को दुवै बैठकलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् । 

‘राज्यको उपस्थिति छ भन्ने विश्वास दिलाउन सार्वजनिक सेवा चुस्त दुरुस्त हुनुपर्छ,’ उनले भनिन्, ‘नागरिकले घरदैलोमै सरकार छ भन्ने अनुभूति गर्न सक्ने गरी सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्दछ ।’


उनले एकै प्रकारका कागजात लिएर भिन्न भिन्न सरकारी कार्यालयमा धाउनुपर्ने बाध्यता हटाउन तीनै तहको सरकारको समन्वय आवश्यक रहेको बताइन् ।

‘एकै प्रकारको कागजात भिन्न भिन्न सरकारी निकायमा प्रस्तुत गर्नुपर्ने बाध्यता हटाउन हाल कार्यान्वयनमा रहेका भिन्न सरकारको अन्तरआबद्धता गर्नु आवश्यक छ,’ उनले भनिन्, ‘संघीय सरकारको अगुवाइमा यस्ता सेवाको सहज पहुँचको सुनिश्चित व्यवस्था मिलाउने छ ।’

नेपालको संविधानको भावना अनुरूप बढीभन्दा बढी सेवा स्थानीय सरकारबाट उपलब्ध गराउनु पर्ने उनको भनाइ छ । संघीय र प्रदेश सरकार विकास निमार्णका लागि नीति निर्माणमा लाग्नु उचित हुने उनकाे भनाइ छ । 
 


Author

थप समाचार
x