संसद्

पूर्वसांसद कर्मा घलेको निधनमा संसद्‍मा शोक प्रस्ताव पारित

इकागज |
माघ २९, २०७९ आइतबार १६:५२ बजे

फाइल तस्बिर

काठमाडौं- प्रतिनिधिसभाले पूर्वसांसद कर्मा घलेको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले घलेको निधनप्रति सर्वसम्मत रूपमा शोक प्रस्ताव पारित गरेको हो । 

नेपाली कांग्रेस पार्टीबाट २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित कर्मा घलेको ५९ वर्षको उमेरमा यही २४ माघमा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । 


‘कर्माको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ,’ संसद्‍ले पारित गरेको शोक प्रस्तावमा उल्लेख छ । 

शोक प्रस्ताव पारित गरेसँगै आगामी ३ फागुन बुधबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ । 
 


Author

थप समाचार
x