संसद्

चन्द्र भण्डारीको प्रश्‍न- भ्रष्टाचार गर्नु अपराध हो भनेर मोबाइलमा बज्छ, यो के नाटक हो ?

इकागज |
फागुन ३, २०७९ बुधबार १३:२१ बजे

काठमाडौँ - नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भण्डारीले आयोगको कार्य सम्पादनमाथि नै प्रश्न उठाएका हुन् । 

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम कार्डमा भ्रष्टाचार गर्नु अपराध हो भन्ने आवाज राखेको उल्लेख गर्दै त्यसरी आवाज सुनाउनुको ठाउँमा भ्रष्टचारीहरूको फाइल खोलेर कारबाही किन गर्न नसकेको भन्दै प्रश्न गरे । उनले अयोगलाई भ्रष्टाचारीमाथि अनुसन्धान गरी कारबाही गर्न कसले रोकेको हो ? भन्दै प्रश्न गरे । सांसद भण्डारीले नेपालका नाटक चलिरहेको टिप्पणी गरे । ‘बिहान हामीले मोबाइलमा सुन्छौँ, भ्रष्टाचार गर्नु अपराध हो, अख्तियार अनुसन्धान आयोग । अख्तियार अनुसन्धानले फाइल खोजेर थुन्नलाई कसले रोकेको छ र दूरी राखेर बस्छ । त्यो के हो ? यो नाटक, के नाटक, के का लागि नाटक ?’


सांसद भण्डारीले संसदलाई अबका दिनमा फरक तरिकाबाट जनमुखी नीति निर्माणको थलोको रुपमा अघि बढाउनुपर्ने बताए।


 


Author

थप समाचार
x