सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी जस्तो गरेर छलफल अघि बढाउनु दु:खद : जनार्दन शर्मा
काठमाडौँ- सत्तारूढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राष्ट्रपति चयनका लागि दलहरूबीच भइरहेको छलफलप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
पूर्वअर्थमन्त्री समेत रहेका उपमहासचिव शर्माले सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी जस्तो गरेर छलफल अघि बढाउनु दु:खद भएको समेत बताए । शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चयन गर्नुपर्ने अडान समेत राखे ।
जनताले तानातानका लागि नभइ सहकार्यका साथ मुलुकलाई अघि बढाउने गरी मत दिएको उल्लेख गर्दै उनले सोही मतको सम्मान गर्दै सहमतिका आधारमा राष्ट्रपति चयन गर्ने काममा एकताबद्ध हुन सरकार, सबै राजनीतिक दल र सांसदहरूलाई आग्रह समेत गरे ।
उपमहासचिव शर्माले राजनीतिक दलहरुले राष्ट्रिय सहमतीका साथ उत्पादन वृद्धि, रोजगारीको अवसर सृजना गरी मुलुकलाई समृद्ध बनाउने महाअभियानमा जुट्नुपर्ने पनि बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया